खानेपानी सिचाइ सूचना

फालेलुङ
पाँचथरको फालेलुङ गाउँपालिका – ५ प्राङ्बुङमा जारी राँके मेलाको अवसरमा फुटबल प्रतियोगिता आज आइतबार फाइनल भएको छ।

Nepalitheme

साउन २ गतेदेखि लाग्दै आएको ऐतिहासिक राँके मेलाको आइतबार फाइन खेल भएको हो। फाइनल खेल याङ्वरक गाउँपालिका नागि र फालेलुङ -६ एफ,एफ,सि बीच भएको थियो । नागीलाई १ गोलले पछि पार्दै फालेलुङ-६ ले २ गोलले जित हातपारेको हो।

फाइनल खेल हुनभन्दा अगाडी मैत्रीपूर्ण खेल फालेलुङ गाउँपालिका र दीप ज्योति क्लब बिच भएको थियो। फालेलुङ गाउँपालिकालाई पछि पार्दै दीप ज्योति युवा क्लबले २१ केजीको खसी जितेको मेलाका सल्लाहकार शिल्प कुमार साम्पाङले जानकारी दिनुभयो ।
प्रथम हुने विजेताले नगद ८० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो। खेलमा २८ टिमले सहभागी जनाएको खेल संयोजक बिनोद खपाङ्गीले जानकारी दिए।

ऊनको स्वीटर टेजर

फाइनल खेलको प्रमुख अतिथि फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्र जबेगूले विजेता फालेलुङ ६ सिदेनका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार वितरण गरेको थियो।
खेल साउन २ गतेदेखि ६ गतेसम्म निरन्तर ४ दिन भएको थियो। मेला तथा फूटबल प्रतियोगिता प्राङ्बुङ स्पोर्टिङ क्लबको आयोजना भएको मेला संयोजक गणेश कुमार खपाङ्गी मगरले जानकारी दिनुभयो।

पर्यटकीय सिमावर्ती क्षेत्र प्रवेशद्वारको रुपमा रहेको प्राङ्बुङको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन विकाससँगै खेलकुदको विकासबाट स्थानीय स्थरमा खेलाडीहरुको उत्पादन साथै युवाहरूमा फुटबल प्रति आकर्षित गरि लागूऔषध दुर्व्यसनबाट टाढा राख्दै सामाजिक कार्यमा उत्प्रेरित गराउने उदेश्यले मेलाको आयोजना गरिएको मेला सल्लाह साम्पाङले बताउनुभयो ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय