Pasupati Ayurvedic
Nepalitheme

फिदिम । जनता समाजवादी पार्टी (जसपा) नेपाल पाँचथरका अध्यक्ष लक्ष्मण लावतीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

२०७५ सालदेखि जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका लावतीले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजापछि नैतिक जिम्मेवारी वहन गर्दै पद त्यागेको बताएका छन्। फागुन २१ गते भएको उक्त निर्वाचनमा जसपा पाँचथरका उम्मेदवारको जमानत जफत भएपछि उनले यस्तो निर्णय लिएको जनाइएको छ।

ऊनको स्वीटर टेजर

राजीनामा पत्रमार्फत उनले आफ्नो कार्यकालभर साथ र सहयोग गर्ने सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्। साथै, कसैप्रति कुनै असन्तुष्टि नरहेको पनि स्पष्ट पारेका छन्।

 

  1.    राजीनामा पत्र

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय