काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ। गत माघ ११ गते १८ रिक्त पदका लागि निर्वाचन सम्पन्न भएको थियो।

Nepalitheme
Pasupati Ayurvedic

शपथका लागि आउने सदस्यहरूलाई आफ्नो पहिचान झल्कने पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ। साथै, निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यहरूले कानुनबमोजिम शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सचिवालयलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ।

निर्वाचन आयोगका अनुसार आज शपथ लिने सदस्यहरूमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल र सुनिलबहादुर थापा रहेका छन्। मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर तथा बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल निर्वाचित भएका थिए। त्यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित भएका थिए। कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खातीले आज शपथ लिनेछन्। शपथग्रहण पश्चात् नवनिर्वाचित सदस्यहरूले राष्ट्रियसभाको बैठकमा औपचारिक रूपमा भाग लिन पाउनेछन्।

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय