काठमाडौ । क्यान्सरबाट पीडित पत्रकार कबिन्द्र सेर्माको उपचारका लागि बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ।
बेलायतमा रहेका नेपाली समुदायको पहलमा संकलन गरिएको २ लाख ३५ हजार २ सय ६४ रुपैयाँ मंगलबार काठमाडौँस्थित रेडियो BFBS को कार्यालयमा हस्तान्तरण गरिएको हो। सो रकम पत्रकार सेर्माका छोरा तथा सञ्चारकर्मी तुलसी बस्नेतलाई किरात याक्थुङ चुम्लुङ यूकेका पूर्व अध्यक्ष खड्कजङ आङ्बुहाङको उपस्थितिमा प्रदान गरिएको थियो।
बेलायत निवासी समाजसेवी तथा गीतकार होमा पाहिम लिम्बूले “कबिन्द्र सेर्मा बचाउ अभियान” सञ्चालन गरी उक्त रकम संकलन गर्नुभएको हो। ‘चागे धर्ती आकाश कोष लिमिटेड’ को समन्वयमा रकम संकलन गरिएको अभियान संयोजक लिम्बूले जानकारी दिनुभयो। उक्त कोषमार्फत यसअघि पनि विभिन्न गरिब तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो।
हाल उपचाररत पत्रकार सेर्माले अभियानका मुख्य अभियन्ता गीतकार होमा पाहिम लिम्बू, खड्कजङ आङ्बुहाङसहित सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ।

Pasupati Ayurvedic
Nepalitheme

ऊनको स्वीटर टेजर

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय