पाँचथर।

Nepalitheme

पाँचथरको तुम्वेवा गाउँपालिका १ र तेह्रथुमको छतर गाउँपालिका ४ को सिमानामा पर्ने तमोर नदीको बिच भागमा बेवारिसे शव फेला परेको छ।

मंगलबार साँझ करिब ३:३० बजे स्थानियले तमोर नदीको उठेको माटोमा मानिसको शव उतानो अवस्थामा अड्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त जानकारीको आधारमा अन्दाजी ४:२५ बजे इलाका प्रहरी कार्यालय नावाखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

ऊनको स्वीटर टेजर

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षकको नेतृत्वमा थप टोली खटाइएको र घटनास्थल सुरक्षित गरी कानुनी प्रक्रिया पूरा गरिएको छ। शवको पहिचान हुन नसकेको र पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीका सूचना अधिकारी बिनालाल साहले जानकारी दिएको छ।

प्रहरीका अनुसार शवको पहिचान गर्न र घटनाको कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय