धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बुको निधन भएको छ।

Nepalitheme
Pasupati Ayurvedic

आन्द्राको क्यान्सरबाट पीडित रहेका ५५ वर्षीय लिम्बुको भारतको नयाँ दिल्ली स्थित एक अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको हो।

साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईका अनुसार लिम्बु लामो समयदेखि क्यान्सर रोगको उपचारमा थिए। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस बाट निर्वाचित भएका लिम्बु केही महिनादेखि भारतमा उपचाररत रहेका थिए।

ऊनको स्वीटर टेजर

उपचारकै क्रममा दिल्लीमा उनको निधन भएको हो। उनको निधनप्रति शोक व्यक्त गर्दै गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको अध्यक्ष राईले जानकारी दिए।

स्वर्गीय लिम्बु सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित थिए। स्थानीय तहको विकास, सेवा प्रवाह तथा समुदायका समस्याको समाधानका लागि उनी सधैं अग्रसर रहने गरेको बताइन्छ।

परिवारका अनुसार अन्त्येष्टिका लागि उनको पार्थिव शरीर जन्मस्थल धनकुटाको खुवाफोक ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष राईले बताएका छन्।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय