काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले पाथीभरा मुकुलुङ्ग क्षेत्रमा प्रहरीको गोली लागि घाइते भएका पाँचथर, कुरुम्बाका सगुन लावतीलाई बिहीबार भेटी स्वास्थ्यलाभको कामना गरेका छन्।

Nepalitheme

माघ १२ गते केवलकार निर्माणको विरोध गर्ने क्रममा घाइते भएका लावतीको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचार जारी छ। परिवारका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ।

राप्रपाले पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केवलकार निर्माणमा उत्पन्न विवाद संवाद र सहमतिका माध्यमबाट समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले पवित्र धार्मिक क्षेत्रको शान्ति कायम राख्नुपर्नेमा विशेष जोड दिएको छ।

ऊनको स्वीटर टेजर

‘ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केवलकार निर्माणका क्रममा स्थानीय सरोकार व्यक्त गर्ने स्थानीयवासीप्रति प्रशासनिक हस्तक्षेप हुनु गम्भीर विषय हो। धार्मिक क्षेत्रको शान्ति कायम राख्दै समाधान संवाद र सहमतिमार्फत खोज्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ माघ ११, १२, र १३ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकपछि जारी गरिएको राप्रपाको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय