पाँचथर

Nepalitheme

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रका केन्द्रिय उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पाँचथरको हेवा खोला र फेमे खोलाको अनुगमन गरेका छन्।

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीले मेची राजमार्ग अन्तर्गत हेवा खोलाको बेल्ली ब्रिज र फिदिम-फालोट सडक अन्तर्गत फेमे खोलाको मोटरेवल पुल बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो।

बाढीले राज्यलाई ठूलो क्षति पुर्‍याएको गजुरेलले बताए। उनले पीडितहरूलाई पर्याप्त राहत उपलब्ध नगराएसम्म उनीहरूलाई आफ्नो घर फर्कन गाह्रो हुने बताए। अनुगमनका क्रममा पार्टी प्रदेश नम्बर एकका अध्यक्ष हर्कबहादुर नेम्वाङले पनि सो क्षेत्रको अनुगमन गरिएको जानकारी दिए।

अनुगमनपश्चात प्रेस सेन्टर नेपाल जिल्ला समन्वय पाँचथरको समन्वयमा पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरिएको थियो। प्रमुख अतिथि गजुरेलले सरकारको राहत सामग्री वितरणलाई पर्याप्त राहत मान्न नसकिने बताए। उनले भने, “खाद्यान्न, लत्ताकपडा जस्ता सामग्री मात्र होइन, सुरक्षित आवासको व्यवस्थापन सरकारले गर्नुपर्नेछ।”

पार्टीका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभाका सचेतक गोपि अछामीले पनि राहत कार्यमा सरकारको ढिलासुस्ती भएको टिप्पणी गरे। उनले विपत्तिमा परेका परिवारको विवरण संकलन गरी तात्कालिक राहतको आवश्यकतामा जोड दिए।

अनुगमनमा पार्टीका उपमहासचिव गजुरेल, प्रदेश इन्चार्ज, संविधानसभा सदस्य, तथा संघीय सांसद गजुरेल, राष्ट्रिय सभाका सचेतक अछामी, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, केन्द्रिय सदस्य सीता थेवे, झापा संयोजक राजु आचार्य, पाँचथर संयोजक विशाल रसाइली लगायत प्रदेश र जिल्ला कमिटी सदस्यहरूको सहभागिता रहेको थियो।

त्यस्तै,

पार्टीले बाढी र पहिरोबाट प्रभावित परिवारलाई आर्थिक सहयोग पनि गरेको छ। पाँचथर जिल्लामा हालसम्म ११ जना बेपत्ता र मृत भएका छन्। फिदिममा आयोजित राहत वितरण कार्यक्रममा ८ पीडित परिवारलाई जनही १० हजार रुपैयाँ राहत वितरण गरिएको छ।

जिल्लामा फालेलुङ गाउँपालिकामा १ जना मृत्यु र १ जना बेपत्ता छन् । फाल्गुनन्द गाउँपालिकामा १ जना मृत्यु भएको हो। फालेलुङ र फाल्गुनदको मृतक र बेपत्ताका परिवारलाई केहि दिनमा पार्टी जिल्ला समन्वयले प्रदान गर्ने पार्टी जिल्ला संयोजक विशाल रसाइलीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय