फालेलुङ। फालेलुङ गाउँपालिकाको आधारभूत ५ शैयाको अस्पतालमा चैत १८ र १९ गते दुई दिन जेष्ठ नागरिक दन्त उपचार तथा दन्त शिविर सञ्चालन हुने भएको छ।

Pasupati Ayurvedic
Nepalitheme

शिविरको आयोजन फालेलुङ गाउँपालिका र प्रविधिक सहयोगका लागि पूर्वन्चल हस्पिटल प्रालि द्वारा प्रदान गरिएको हो। शिविर फालेलुङ–३ नाम्लुवास्थित अस्पतालमा सञ्चालन हुनेछ।

शिविरमा सबै उमेरका नागरिकका लागि दन्त परीक्षण, दाँत निकाल्ने सेवा, ६० वर्षमाथिका आंशिक दाँत हराएका नागरिकका लागि खुद्रा दाँत लगाउने सेवा, र ६० वर्षमाथिका २० वा सो भन्दा बढी दाँत हराएका नागरिकका लागि सेट दाँत लगाउने सेवा प्रदान गरिने फालेलुङ स्वास्थ्य शाखा प्रमुख सुरज पास्वनले जानकारी दिनुभयो।

ऊनको स्वीटर टेजर

शिविरमा सहभागी हुन इच्छुक व्यक्तिहरूले परिचय खुल्ने परिचय पत्र, नागरिकता वा मतदाता परिचयपत्र लिएर आइपुग्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय