
पाँचथर। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गत ११ गतेदेखि लागू गरेको निषेधाज्ञा आज राती ११ बजेदेखि अन्त्य गर्ने सूचना जारी गरेको छ ।
जिल्लाको पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रिएको नो केबलकार समूह र प्रहरीबिच १० गते साँझ सदरमुकाम फुङ्लिङमा झडप भएको थियो । झडपमा परी आन्दोलनकारी र प्रहरी गरी दर्जनौँ घाइते भएका थिए । त्यसपछि पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार क्षेत्र र सदरमुकाम फुङ्लिङ बजारमा निषेधाज्ञा जारी भएको थियो । नो केबलकार समूहले सरकारले आव्हान गरेको वार्ताको वातावरण बनाउन निषेधाज्ञा हटाउनु पर्ने सर्त पनि राखेको थियो ।