जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापास्थित बीएन्डसी मेडिकल कलेजमा लैजाने क्रममा इलाममा पुग्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँथरका प्रमुख (डिएसपी) हेमन्त भण्डारीले बताए । उनका अनुसार अढाइ वर्षीया प्रिन्सा साँवाको मृत्यु भएको हो ।
घटनामा डाँडागाउँ निवासी दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन पनि घाइते छन् । दिलीपका छिमेकी बालक ९ वर्षीय पवन राई घाइते भएको डीएसपी भण्डारीले जानकारी दिए । दिप्सनलाई झापातर्फ लगिँदैछ भने पवनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीयका अनुसार बिहीबार अपराह्न साढे २ बजेतिर ठूलो आवाजमा विस्फोट भएको थियो । विस्फोट भएलगत्तै गएर हेर्दा बालबालिका घाइते अवस्थामा भेटिएका स्थानीयले बताएका छन् । घाइतेमध्ये पवन राईका अनुसार खेलिरहेका अवस्थामा डल्लो आकारमा भेटिएका सामग्री पड्किएको बताए ।
घट्नाको जानकारी आएलगत्तै प्रहरी चौकी प्राङवुङबाट गएको टोलीले उनीहरुको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको हो ।
#ekantipur