पाँचथर ।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिष्णु प्रसाद कोइरालाले यासोक, लम्भुघाट म्याङ्लुङ सडक योजनाको अनुगमनलाई तीव्रता दिएका छन्, किनभने यो परियोजनाको निर्माण समयमै सम्पन्न हुन सकेको छैन। सडकको कालोपत्रे निर्माणको जिम्मा सपना / हिम्दुङ एण्ड थोकर जे.भि. धापासी, काठमाडौं निर्माण कम्पनीले लिएको छ। २०७८ साल असार २८ गते सुरु गरिएको थियो। प्रारम्भिक योजना अनुसार, ०८१ साल पुस महिनाको २७ गतेसम्म काम सम्पन्न हुने थियो, तर समयमा काम सम्पन्न हुन नसक्दा १ वर्षको थप म्याद दिइएको छ।

निर्माण व्यावसायिकहरूको अनुसार, सरकार फेरबदल र समयमै पैसा नपाइएपछि काममा ढिलाइ भएको हो। साइट इन्चार्ज दिलिप चौहानले ७ महिना सम्म पैसा नपाएपछि काम गर्ने वातावरण नै नभएको बताएका छन्। यसका अतिरिक्त, फाल्गुनन्दको मेहेलबोटेमा बाटो विस्तारको क्रममा ७ सय मिटर विवाद उठेको थियो, पालिका उपाध्यक्ष ठाकुर सिंह नेम्वाङको मध्यस्थतामा समाधान भएको छ। असार महिनामा पूर्ण भुक्तानी प्राप्त गरेपछि मात्र काम सुरु गरिएको बताइएको छ।

हालसम्म सडकको ४५ प्रतिशत र संरचनाको ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ। जनशक्ति थप गरेर निरन्तर काम गरि आउँदो असार महिनामा काम पूरा गर्ने तयारी भइरहेको छ। यस परियोजनामा संघीय सरकारले ४४ करोड ६० लाख ५१ हजार ७ सय ८५ रुपैयाँ लगानी गरेको छ। यो सडकले स्थानीय कृषि क्षेत्रलाई महत्वपूर्ण राहत प्रदान गर्ने र जनताको आयाअर्जामा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको कुम्मायक गाउँपालिका अध्यक्ष बम बहादुर लावतीले बताउँनुभयो।

सिडिओ कोइरालाले निर्माणको काम निरन्तर भैरहेकोमा विश्वास व्यक्त गर्दै अब ढुक्क हुनुपर्ने बताएका छन्। उनले अबपनि पनि समयमै काम सम्पन्न नहुने खतरालाई ध्यानमा राख्दै निरन्तर निगरानी राख्ने प्रतिबद्धता जनाएका छन् र निर्माण कम्पनीलाई जनशक्ति थपेर काम छिटो सम्पन्न गर्न अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय