ताप्लेजुङ । पर्यटकीय सिजन सुरु हुनै लाग्दा झोलुंगे पुल भत्किएपछि कञ्चनजंघा आधार शिविरका बासिन्दा चिन्तित भएका छन् । साउन २९ गते बेलुकाको वर्षाले फक्ताङलुङ गाउँपालिका–६ लेलेपको जापान टार र लामा टार जोड्ने झोलुंगेपुल भत्काइदिएको छ । सेकाथुमका ग्याबु शेर्पाका अनुसार सेकाथुमबाट घुमेर पुरानो बाटो भेट्न सकिन्छ । तर, यसका लागि पाँच घण्टासम्म पैदल घुम्नु पर्ने हुन्छ ।

Nepalitheme

‘पाँच मिनेटको बाटो भेट्न पाँच घण्टासम्म घुम्नुपर्ने भयो,’ ग्याबुले भने । गाउँपालिका अध्यक्ष राजन लिम्बू तत्काललाई सेकाथुम हुँदै बाटो डाइभर्ट गरिएको बताउँछन् । निर्माण प्रक्रि याका विषयमा छलफल भइरहेको उनले बताए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा रहेको क्षेत्रमा विदेशी पर्यटक आउने सिजन सुरु हुन लागेको छ । भदौ अन्तिमदेखि पर्यटकको यात्रा सुरु हुन्छ । असोज र कात्तिक महिनामा पर्यटकले यो क्षेत्रमा ट्रेकिङ गर्ने गरेका छन ।

कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटन सहायक टासी शेर्पाका अनुसार असोज कात्तिक महिनामा ६ देखि ९ सयको संख्यामा विदेशी आउने गरेका छन् । उनीहरूलाई घुमाउने, पकाउने, खुवाउने समेत गरी दुई हजार बढीले यो सिजनमा यात्रा गर्छन् । सडक नभए अन्त जालान् कि भन्ने चिन्ता स्थानीयमा देखिएको छ । गाउँपालिकाले मर्मत गरिदिनु पर्ने घुन्साका व्यवसायी हिमाली चुङ्दाको माग छ ।

वर्षाले यस वर्ष फक्ताङलुङ गाउँपालिकामा मानवीय तथा भौतिक क्षति गरिरहेको छ । पुल भत्काएको पहिरोले यस आसपासमा रहेका दुईवटा घर पनि भत्काएको गाउँपालिका अध्यक्ष बताउँछन । घरमा नभएकाले मानवीय क्षति भने हुन पाएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय