नेपाली प्रगतिशील मञ्च जापानले दुबै मृगौला पीडित सागर पन्धाक लिम्बूलाई आर्थिक सहयोग गरेको छ।
सनिवार ताप्लेजुङ घर भइ हाल झापामा बस्दै आएका सागर पन्धाकलाई रकम हस्तान्तरण गरेको हो। महान जनयुद्धका शाहसी जनमुक्ति सेना समेत रहेका पन्धाक केहि वर्ष अघिदेखि दुबै मृगौलामा समस्या देखापरेको थियो। त्यसपछि उपचारको लागि झापाको हस्पिटलमा राखियो ।
उपचार गर्ने क्रममा धेरै रकम लाग्ने भएकोले उनको श्रीमतीले सहयोगको लागि अपिल गरेका थिए। अपिल पछि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य विश्नु आङ्देम्वेले नेपाली प्रगतिशील मञ्च जापनका अध्यक्ष ज्ञानम लामा तामाङलाई अनुरोध गरेपछि सहयोग अभियान चलाइ रकम संकलन गरिएको मञ्चका सदस्य अभियनता सुजन आङ्बोले जानकारी दिनुभएको ।
अभियानलाई नेपालबाट पूर्व जनमुक्ति सेना सरिना किरातीले सहयोग गर्नुभएको थियो। अभियानबाट रकम १ लाख २९ हजार ५ सय संकलन भएको थियो। साथै हस्तान्तरण गर्ने क्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य, पोलिट ब्युरो सदस्य तथा कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले ५ हजार र पार्टीका बिर्तामोड नगर कमिटीले २० हजार गरि जम्मा १ लाख ५४ हजार ५ सय रुपैयाँ सनिवार बिरामीको परिवारलाई बुझाइएको हो।
हस्तान्तरण गर्ने क्रममा इन्द्रबहादुर आङ्बो”मौसम” र पार्टीका केन्द्रिय सदस्य राम राना लगायतको उपस्थित भएका थिए।
ताजा समाचार
लोकप्रिय
© 2024: Phalelung News मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा