पाँचथर ।
प्रदेशका मन्त्री कमल जबेगुले सोमबार एक कार्यक्रमकाबीच ब्रिजको उद्घाटन गरेका हन् । मेची राजमार्गस्थित हेंवा खोलामा निर्माण गरिएको बेलीब्रिजको उद्घाटन भएको छ।

Nepalitheme

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री जबेगुले बाढीले भत्काएका अन्य पुलहरु पनि चाँडै निर्माण गरिने बताए । ‘बाढीले भत्काएका अन्य ठाँउका पुलहरु पनि निर्माणका लागि प्रदेश सरकारले कदम चाल्नेछ,’ जबेगुले भने ‘स्रोत साधानले भ्याएसम्म निर्माणका कामलाई अघि बढाउनेछौँ ।’

सडक डिभिजन कार्यालय इलामले ब्रिज निर्माण गरेको हो । असार २ गतेको बाढीले पक्की पुल भत्काएर राजमार्ग अबरुद्ध भएको करिब एक महिनापछि ब्रिज निर्माण सम्पन्न भएको हो ।
बिज्र निर्माण भएपछि आइतबार मध्यान्नदेखि यातायात सञ्चालनमा आयाको थियो । पक्की पुल भत्किएको २९ दिनमा ४८.८० मिटर लम्बाई रहेको ब्रिज निर्माण गरिएको हो ।

ब्रिज सञ्चालनमा आएपछि साना सवारी साधनलाई प्राथमिकतामा राखेर यातायात सूचारु गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । ब्रिजमा २५ टन भन्दा बढी भारवान भएका सावरीलाई आवतजावत गर्न रोक लगाईएको छ ।

‘सुरक्षाका दृष्टिले अहिले एकतर्फी मात्र सवारी आवतजावत गर्न सकिने अवस्था छ,’ खतिवडाले भने ‘एक पटकमा एउटा मात्र सवारी साधान गुड्न पाउने व्यवस्था मिलाएका छौँ ।’ ब्रिज निर्माण सम्पन्न भएपछि मेची राजमार्ग हुँदै ताप्लेजुङतर्फ जाने सवारी साधानहरु सञ्चालनमा आएका छन् ।

बाढीले पक्की पुल भत्काएपछि यातायात सञ्चालन हुन नसक्दा ताप्लेजुङसहित पाँचथरका याङवरक, हिलिहाङ र फालेलुङ गाँउपालिका प्रभावित भएका थिए । उक्त स्थानमा सहज रुपमा यातायात आवतजावत गर्न सकेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ADVERTISEMENT
skip ads