खानेपानी सिचाइ सूचना

पाँचथर । 

Nepalitheme

पाँचथरको कुम्मायक गाउँपालिकामा जारी छैटौं संस्करणको कुम्मायक गोल्डकप फुटबल प्रतियोगितामा फाल्गुनन्द गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ।

पृथ्वी माध्यमिक विद्यालयको मैदानमा हिजोदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा फाल्गुनन्दले आयोजक कुम्मायक गाउँपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

ऊनको स्वीटर टेजर

फाल्गुनन्दका लागि खेलको चौथो मिनेटमा आशिष नेम्वाङले सुरुआती गोल गरे। त्यसपछि १९ औं मिनेटमा लक्ष्मण चेम्जोङले अर्को गोल थप्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको ६४ औं मिनेटमा पुनः आशिष नेम्वाङले गोल गर्दै अग्रता तीन–एकमा पुर्‍याए भने अतिरिक्त समयमा लक्ष्मणले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे।

कुम्मायकका लागि शुसिल लावतीले पहिलो हाफको ३१ औं मिनेटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए। खेलको दौरान कुम्मायकका निश्चल बस्नेतले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली थप दबाबमा परेको थियो।

उक्त खेलमा फाल्गुनन्दका लक्ष्मण चेम्जोङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ रुपैयाँसहित चाँदीको ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।

आज प्रतियोगिताको दोस्रो दिन म्याङलुङ नगरपालिका (तेह्रथुम) र याङवरक गाउँपालिका (पाँचथर) बीच पहिलो खेल हुनेछ। त्यसपछि फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका तथा तेस्रो खेलमा तुम्बेवा र फालेलुङ गाउँपालिका भिड्ने आयोजक कुम्मायक स्पोर्टिङ क्लबले जानकारी दिएको छ।

प्रतियोगिता जेठ ५ गतेसम्म सञ्चालन हुनेछ।

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय