
विराटनगर । ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार बनाउने निर्णयको विरोध गर्दै आएको आन्दोलनरत (नो केबलकार) पक्ष सरकारी वार्ता टोलीसँग वार्तामा नबस्ने भएको छ ।
गृह मन्त्रालयद्वारा गठित वार्ता टोलीका तर्फबाट भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा भने वार्ताको माध्यमवाटै केवलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन आग्रह गरेको थियो । ratopati