फालेलुङ।

Pasupati Ayurvedic
Nepalitheme

पाँचथरको फालेलुङ गाउँपालिका-३ ताङ्लेपामा राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४० औं जन्म जयन्ती भव्य रूपमा मनाउँने भएका छन्।

फालेलुङ युथ क्लब ताङ्लेपाको आयोजनामा खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता समेत हुँने आयोजना आयोजकले जानकारी दिएको छ।

ऊनको स्वीटर टेजर

आयोजकका अनुसार, फुटबल प्रतियोगिता कार्तिक २१ गतेदेखि सुरु हुने छ, जसका लागि कार्तिक २० गतेसम्म इन्ट्री गरिसक्नुपर्ने छ। प्रमुख सल्लाहकार चन्द्र लावतीका अनुसार, खेलमा सहभागी हुन २ हजार ५ सय रूपैयाँ इन्ट्री शुल्क र १ हजार रूपैयाँ धलौटि राख्नुपर्नेछ। प्रतियोगितामा विजेता टोलीले नगद ८० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले नगद ४० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।

फाल्गुनन्द जयन्तीको मुख्य कार्यक्रम भने कार्तिक २६ गते आयोजना गरिने छ। उक्त दिन विभिन्न जातजातिको मौलिकता झल्काउने साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। फालेलुङ युथद्वारा ‘केला:ङ च्याब्रुम नाच’, ‘साकेला’, ‘सोरठी’ नृत्य, र खुल्ला साँस्कृतिक प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष रबिन केरुङले जानकारी दिनुभयो।

कार्यक्रमले महागुरु फाल्गुनन्दको योगदानलाई सम्झनुका साथै समाजमा विविधता र सहकार्यको सन्देश फैलाउने अपेक्षा गरिएको अध्यक्ष केरुङले बताए।

 

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय