विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संसद्‍ र सरकारले नचिनेको संयन्त्रले सरकारलाई निर्देशन दिनु गलत भएको बताएका छन् । छैटौं प्रदेश सभा बैठकको पहिलो बैठकमा सोमबार उनले यस्तो बताएका हुन् ।

Nepalitheme

‘सदनले नचिनेको, सरकारका कुनै संयन्त्रले नचिनेको जनताबाट पराजित व्यक्तिले संसद्‍को र सरकारको मानहानी हुनेगरी गरेको कुरा कम्तीमा यो प्रमुख प्रतिपक्षी दललाई मान्य छैन,’ उनले भने, ‘ …. यो संसद्‍लाई मान्य हुँदैन ।’ उनले बजेट संशोधन गर्ने हुँदा वैधानिक रूपमा आउनुपर्ने बताए ।

‘यदी चाहनुहुन्छ भने मुख्यमन्त्रीले भन्नुपर्‍यो मेरो नेतृत्वको सरकारले ल्याएको बजेट गलत रहेछ, मेरो  संयन्त्रले स्वीकार गर्न सकेन भन्नुपर्‍यो,’ उनले भने ।

केही दिनअघि प्रदेशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संयन्त्रले बजेट पुनरावलोकन गर्ने बताएको थियो । यो संयन्त्रमा एमालेबाट पूर्वमुख्यमन्त्री तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई र एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् । उनीहरू दुवै २०७९ सालको निर्वाचनमा पराजित भएका थिए ।

नीतिभन्दा बाहिरबाट आएका विषयलाई स्वीकार गर्न नसकिने बताउँदै आङ्बोले भने,‘मुख्यमन्त्रीलाई छेउमा निरीह बनाएर जनताबाट पराजित, सरकारको र संसद्‍को कुनै पनि संरचनाले नचिन्ने व्यक्तिले बजेटको पुनरावलोकनको कुरा उठाउनु भनेको गम्भीर हो ।’

उनले प्रदेश सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताए । दुई ठूला दलले प्राथमिकता अनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय