काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरमा बम विस्फोटबाट मृत्यु भएका बालबालिकाको विषयलाई लिएर माओवादीमाथि प्रश्न उठाएका छन् ।

राष्ट्रसंघीय महासभामा जाने विषयको जानकारीसहित सोमबार प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संसद्मा उठेका प्रश्नमा पछि जवाफ दिने बताए ।  “पाँचथरमा दुई बालबालिकको निधन भयो । बम विस्फोटबाट भयो भन्न मिल्ने कि नमिल्ने ?,” प्रधानमन्त्री ओलीले भने, “अहिले निधन भयो मात्र भनौँ अरु पछि भनौँला । बम विस्फोटबाट भन्न मिल्ने हो कि नमिल्ने हो ?”

माओवादीले सशस्त्र युद्धलाई हिंसा भनेको स्वीकार नगरेको विषयलाई उनले अहिलेसम्म त्यसको प्रभाव कायम रहेको देखाउन फरक शैलीको प्रयोग गरेका हुन् । “तर, बम विस्फोटबाट निधन भयो । उहाँहरूको परिवारलाई पाँच–पाँच लाख दिने निर्णय सरकारले गरेको छ,” प्रधानमन्त्री ओलीले भने, “अन्य घाइतेहरूको उपचारको जिम्मा सरकारले लिने निर्णय गरेको छ ।”

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय