झापाको अर्जुनधारा नगरपालिका-६  बिर्तामोडमा  एक युवकले छुरा प्रहार गरी युवतीको मृत्यु भएको छ।

कैलाली गौरीगङ्गा नगरपालिका-३ बस्ने २० वर्षीय अनिल विकले इलामको सूर्योदय नगरपालिका-१० फिक्कल घरभई बिर्तामोडमा बस्ने १९ वर्षीया मनीषा लोहारको  मृत्यु भएको हो। प्रेमिका मनिषालाई अनिलले शुक्रबार साँझ छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

छुराप्रहारबाट गम्भीर घाइते भएकी मनिषाको उपचारको क्रममा मृत्यु भएको हो। युवकलाई  पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय