खानेपानी सिचाइ सूचना

पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ स्थित जंगलमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

Nepalitheme

फिदिम नगरपालिका–९, दरेनी बस्ने अन्दाजी २० वर्षीय सुन्दर सारु मगरको पेटमा गोली लागेर गम्भीर घाइते भई ज्यान गएको हो।

सोमबार राति करिब ११:३५ बजे फिदिम–९ का ३३ वर्षीय मन बहादुर सम्बाहाम्फे र सुन्दर सारु मगर सँगै भरुवा बन्दुक लिएर जंगल गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त बन्दुक अचानक पड्किँदा सुन्दरको पेटमा गोली लागेको थियो।

ऊनको स्वीटर टेजर

घटनापछि प्रहरी चौकी नवमीडाँडामा सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घाइते अवस्थामा रहेका सुन्दरलाई उद्धार गरी जिल्ला अस्पताल पाँचथर ल्याएको थियो। तर चिकित्सकले अस्पतालमा पुर्याइएपछि उनलाई मृत घोषणा गरेका थिए।

मृतकसँगै जंगल गएका मन बहादुर सम्बाहाम्फेलाई मङ्गलबार (वैशाख ३१ गते) भरुवा बन्दुकसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक, प्रवक्ता तथा सूचना अधिकारी रुपेस तामाङले जानकारी दिएका छन् ।

 

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय