खानेपानी सिचाइ सूचना

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का भातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको सङ्घीय समिति अध्यक्षमा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ चयन हुनुभएको छ । तत्कालीन १ नंं प्रदेश (हाल कोशी प्रदेश) सरकारका पूर्व खानेपानी, सिँचाइ, जलश्रोत तथा उर्जामन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङलाई धरानमा सम्पन्न किराती राष्ट्रिय मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनले सर्वसम्मत् सङ्घीय समिति अध्यक्षमा चयन गरेको हो ।

Nepalitheme

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख–२८ गते धरानस्थित भानुचोकमा उद्घाटन गर्नुभएको सम्मेलनले १३ सदस्यीय सङ्घीय समितिको पदाधिकारीमा मोरङका तीलकप्रसाद राई वरिष्ठ उपाध्यक्ष तथा खोटाङका सुशिल बान्तावा राई, मोरङका अर्जुन जम्नेली र सुनसरीका ज्ञानबहादुर राई उपाध्यक्षमा चयन गरेको छ । धरानको लाङ्घाली सामुदायिक भवनको सभाहलमा गएराति सम्पन्न सम्मेलनले ९९ सदस्यीय सङ्घीय समितिको महासचिवमा भोजपुरका बसन्त बान्तावा तथा खोटाङका रेखराज राई र ओखलढुङ्गाका कुमार जेरो राईलाई उपमहासचिव चयन गरेको निर्वाचन समितिका सदस्य एवम् माओवादी केन्द्रका नेता राजुबिक्रम राईले जानकारी दिनुभएको छ ।

मोर्चाको सचिवमा खोटाङका बिर्सिका राई, भोजपुरका सन्तोष मुकमिङ, भक्तपुरका देवान तिलुङ राई र भारत प्रवासका दिनेश किराती चयन हुनुभएको छ भने, कोषाध्यक्षमा सुनसरीका कृपा राई रहनुभएको छ । सम्मेलनले मोर्चाको निर्वाचन आयोगको अध्यक्षमा हर्क छिन्ताङ र सचिवमा अगमसिं राई, लेखा समिति आयोगको अध्यक्षमा डेकेन्द्रकुमार राई र सचिवमा जितेन राई तथा अनुशासन आयोगको अध्यक्षमा सौभाग्यवी राई र सचिव सङ्घीय समितिको पहिलो बैठकले ताक्नेगरी खाली राखिएको छ ।

ऊनको स्वीटर टेजर

माओवादी केन्द्रको भातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको नवनिर्वाचित अध्यक्ष पासाङ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छामा वि.सं. २०२५ वैशाख–१४ गते जन्मनुभएका पासाङले २०४१ सालबाट क्रियाशील राजनीति शुरु गर्नुभएको हो ।

वि.सं. २०४९ सालबाट भूमिगत राजनीतिमा क्रियाशील भएर वि.सं. २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट खोटाङ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सभाषद् बन्नुभएका पासाङ वि.सं. २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (ख)बाट निर्वाचित हुनुभएको थियो । ंतत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले)को विद्यार्थी राजनीतिबाट मूलधारको राजनीति यात्रा शुरु गर्नुभएका पासाङ खम्बुवान राष्ट्रिय मुक्ति मोर्चामा वि.सं. २०४९ देखि ०५८ सालसम्म क्रियाशील रहनुभएको थियो ।

वि.सं. २०६० सालबाट खम्बुवान राष्ट्रिय मोर्चा माओवादीसँग एकीकरण भएपछि पासाङले माओवादीमा रहेर विभिन्न जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । पार्टी भूमिगत हुँदा खोटाङ, भोजपुर, संखुवासभा र उदयपुरको जिल्ला इन्चार्जसमेत सम्हाल्नुभएका पासाङले करिब ३८ वर्षको राजनीतिक अनुभव बटुल्नुभएको छ ।

भूमिगत अवस्थामा खोटाङको साप्सुखोलामा नेपाली सेनासँग भएको दोहोरो भिडन्तमा सेनाको गोली लागेर घाइतेसमेत हुनुभएका पासाङ जिल्लामा निष्ठावान तथा भ्रष्टाचारबिरोधी नेताका रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०६२÷०६३ मा सैन्य विभागको बिग्रड कमाण्डरसमेत हुनुभएका पासाङले जिल्लाको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको जिल्लावासीले बताउने गरेका छन् ।

वि.सं. २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य तथा वि.सं. २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पासाङ प्रदेशसभा सदस्यमा निर्वचित हुनुभएको थियो । वि.सं. २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवम् तत्कालीन संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई दुई हजार ६६९ मतान्तरले पछाडि पार्दै पासाङ प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । – khatikura

phidim 3

प्रतिक्रिया

Phidim 3

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय