☰ open
×

स्व. लाओतीको ९ औं स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाए ( योगदान र अनुभवहरु)

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।

पूर्वमन्त्री स्वर्गीय पद्मसुन्दर लाओतीको ९ औं स्मृति दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै पाँचथरमा मनाएको छन् ।

आइतबार फिदिम स्थित अ:जिमा होटलको सभहलमा एक कार्यक्रमका साथ स्वा. लाओतीको तस्विरमा माल्यार्पण गर्दै पद्मसुन्दर लाओती प्रतिष्ठानले स्मृति दिवस मनाएको हो। उनले लेखेको ‘मेरो देश मेरो परिवेश’ भन्ने पुस्तकको पनि चर्चा गरिएको थियो। लाओती पाँचथरकै पहिलो मन्त्री हुन्। उनी पहिलो पटक २०२९ सालमा उद्योग वाणिज्य राज्यमन्त्री भएका थिए। त्यपछि बिभिन्न मन्त्री हुँदै राप्रपा पार्टीका केन्द्रिय सदस्य हुँदै अध्यक्ष समेत भएको थियो।

स्व.लाओतीलाई पाँचथरमा विकासप्रेमी नेता भनेरपनि धेरैले चिन्दछन् । उनी यासक गाविसमा १९९६ श्ववण ७ गते जन्म भएको थियो । उनको मृत्यु २०७२ साल जेठ २७ गते ६६ वर्षको उमेरमा आफ्नै कालगतिले मृत्यु भएको प्रतिष्ठानका अध्यक्ष बिजयबोध लाओतीले जानकारी दिनुभयो। प्रतिष्ठानले यहिँ आर्थिक वर्षमा ५० लाख कोषमा जम्मा गर्ने लक्ष्य राखेका प्रतिष्ठानका अध्यक्ष लाओतीले बताए।

त्यस्तै, सोही अवसरमा फिदिम नगरपालिका-२ ओदिनका आदर्श आवासीय माविका विद्यार्थीलाई पनि प्रतिष्ठानका सल्लकार तथा पूर्वमन्त्री लाओतीको कान्छो छोरा सगुन लाओती र आयोजकको टिमले १५ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको प्रतिष्ठानको सचिव लोकेन्द्र आले मगरले जानकारी दिए। त्यस्तै, बेलुका फिदिम बजार हस्पिटल लाईनमा रहेको स्वा. पद्मसुन्दर लाओतीको शालिकमा दिप प्रज्वलन साथै माल्यार्पण गरेका छन्।

पान्थर थुम यासक निवासी विकासवादी नेता स्वर्गीय पद्मसुन्दर लाओती

जन्म ः १९९६ साल श्र्रावण ७ गते

मृत्यु ः २०७२ साल जेष्ठ २७ गते

विकासवादी नेता तथा पुर्व मन्त्री स्व. पद्मसुन्दर लाओती अनुभव

२०२१ साल प्रधानपञ्च यासक गा.वि.स.

२०२४ साल जिल्ला पञ्चायत सदस्य

२०२४ साल राष्ट्रिय पञ्चायत सदस्य – नेपाल युवक संगठन प्रतिनिधि

२०२८ साल राष्ट्रिय पञ्चायत सदस्य – नेपाल युवक संगठन प्रतिनिधि

२०२९ साल पहिलो पटक उद्योग वाणिज्य राज्यमन्त्री

२०३४ साल मेची अञ्चल पञ्चायत सदस्य

२०३४ साल राष्ट्रिय पञ्चायत सदस्य

२०३४ साल स्वास्थ्य राज्यमन्त्री

२०३६ साल स्वास्थ्य मन्त्री

२०३८ साल राष्ट्रिय पञ्चायत आम चुनावमा निर्वाचीत

२०४० साल गृह मन्त्री र सामान्य प्रशासन मन्त्री

२०४२ साल उद्योग र संचार मन्त्री

२०४३ साल राष्ट्रिय पञ्चायत आम चुनावमा निर्वाचित

२०४४ साल भूमि सुधार तथा ब्यवस्थापन मन्त्री

२०४६ साल मन्त्री

२०५१ साल मध्यावधी चुनावमा पान्थर क्षेत्र नं २ सांसद

२०५२ साल कृषि मन्त्री राप्रपाको केन्द्रिय सदस्य हुदै पार्टीको महामन्त्री, सहअध्यक्ष र अध्यक्ष समेत बन्नु भयो ।

विकासप्रेमी नेता तथा पुर्व मन्त्री स्व. पद्मसुन्दर लाओतीको महत्वपुर्ण योगदानहरु

१) मेचि राजमार्ग सडक बिर्तामाड चारआलीबाट ताप्लेजुङ सुकेटारसम्म निर्माण (२०३२ देखि २०३८ साल)

२) पाँचथर जिल्लामा विद्युत पावर निर्माण र विद्युत विस्तार (२०३५ साल)

३) पाँचथर जिल्ला अस्पताल स्थापन र जग्गा प्राप्ती (२०३० साल)

४) खाद्य संस्थानको जग्गा प्राप्ती र कार्यालय स्थापना (२०४२ साल)

५) पाँचथर बहुमुखी क्याम्पसको जग्गा प्राप्ती र संचालन (२०४५ साल)

६) पाँचथर जिल्लाको सदरमुकाम केन्द्र फिदिम स्थापना (२०२० साल)

७) राँके, रवि, भेरेटार सडक ट्याक ओपन (२०४५ साल)

८) राँके उत्तरे यासक सडक ट्याक ओपन (२०४५ साल)

९) फिदिम यासक सडक ट्याक ओपन (२०४५ साल)

१०) फिदिम बजारमा सरकारी कार्यालयहरु स्थापना (२०२२ सालदेखि २०४५ साल)

११) पाँचथर जिल्लाको गाँउघरमा स्वास्थ्य चौकि, प्रहरी चौकि र बैङ्कहरु स्थापना (२०३५देखि २०४५साल)

१२) फाल्गुनन्दलाई राष्ट्रिय विभुती घोषणा गर्ने प्रमुख अभियानन्ता (२०२०सालदेखि)

१३) गाँउ सिचाइ कुलो र खानेपानी निर्माण, विद्यालय स्थापन तथा भवन निर्माण (२०२७ सालदेखि)

१४) फिदिम बजारलाई ब्यबस्थित सडक संजाल निर्माण (२०२७देखि २०४५ साल)

१५) फिदिम तथा जिल्लाका अन्य स्थानहरुमा सरकारी कार्यालयहरु स्थापनसंगै जग्गा प्राप्ती र भवन निर्माण

१६) तमोर कोरीडोर सडक संभाव्यता (२०२२ सालदेखि २०६५ साल)

१७) यासक बजार सथापना (२०२२ साल)

१८) समक लारुम्बा चिसापानी सडक (२०४१ साल)

फेसबुकबाट तपाईको प्रतिक्रिया