☰ open
×

प्राङबुङमा नि:शुल्क महिलाहरुका लागि घुम्ती शिविर सम्पन्न

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर ।

पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङ स्थित स्वाथ्य चौंकीको कार्यकयमा महिलाहरुको लागि एकदिने नि:शुल्क घुम्ती शिविर सम्पन्न भएको छ ।


सनिबार गाउँपालिकाको आर्थिक सहयोग र जिल्ला अस्पताल पाँचथरको प्रविधिक सहयोगमा १ सय ३० जना महिलाले सेवा लिएको स्वाथ्य चौंकी प्राङ्बुङको प्रमुख कल्पना नेम्वाङले जानकारी दिएका छन्।


शिविरमा महिलाहरुमा हुँने सबैखाल्का रोगहरुको उपचार साथै चेकजाच भएको थियो । जस्मा महिलाहरुमा हुने समस्या पाठेघरको मुखमा हुँने क्यान्सरको जाँच, आङ खसेकाहरुको रिङ्प्रेशरी राख्ने, परिवार नियोजनका अस्थायी साधन इम्पान्ट र आइयुसिटी राख्ने, ग न्हाउने र सेतो पानी बग्ने समस्याको उपचार, स्तन क्यान्सरको परामर्श र नि:शुल्क औषधि वितरण नेम्वाङले बताए।


शिविर कार्यक्रममा पालिकाका उपप्रमुख महेन्द्र जबेगू प्रमुख अतिथि र प्रविधिक टोलि जिल्ला अस्पतालबाट मेडिकल अधिकृत सारांश घिमिरे, जनस्वास्थ्य निरिक्षक सोम दंगाल र जनरल नर्सिङ लक्ष्मी जोशी लगायतको उपस्थितिमा विशिर सम्पन्न भएको आयोजकले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया