☰ open
×

१३७ पालिकाको बेरुजु पुग्यो २६ अर्ब ६३ करोड, एक वर्षमै थपियो ५ अर्ब

फाल्गुनंद गाउँपालिकाको सूचना

विराटनगर । कोशी प्रदेशका १३७ वटै पालिकाको बेरुजु २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रदेशहरूको छैटौँ प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक भएको हो । 

प्राप्त प्रतिवेदन अनुसार कोशी प्रदेशमा एकमात्रै महानगरपालिका रहेको विराटनगरको बेरुजू आर्थिक वर्ष २०७९–८० मा ७ करोड १२ लाख रुपैयाँ रहेको छ । यस्तै इटहरी र धरान उपमहानगरपालिकाको बेरुजू २५ करोड ७ लाख पुगेको छ । सबैभन्दा बढी बेरुजू प्रतिशत दुई वटा उपमहानगर पालिका धरान र इटहरीमा देखिएको हो ।  

यस्तै ४५ वटा नगरपालिकाको बेरुजू २ अर्ब १६ करोड ३१ लाख र ८८ वटा गाउँपालिकाको बेरुजू २ अर्ब ५९ करोड ४८ लाख देखिएको छ । जुन बेरुजूमध्ये असुल गर्नुपर्ने रकम ६२ करोड ३१ हजार, नियमित गर्नुपर्ने ४ अर्ब २० करोड ८ लाख ३५ हजार र पेस्की २५ करोड ८९ लाख ७२ हजार रहेको छ । 

महालेखा परीक्षणका क्रममा विराटनगर महानगरपालिकाको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकमको लेखा परीक्षण भएको थियो भने २ वटा उपमहानगरपालिकाको ८ अर्ब ८९ करोड ४४ लाख ७० हजार, ४५ नगरपालिकाको ८६ अर्ब ६० करोड ९२ लाख २६ हजार र ८८ वटा पालिकाको ९७ अर्ब ६८ करोड ४५ लाख ६३ हजार रुपैयाँको लेखा परीक्षण गरिएको जनाइएको छ । 

योसँगै १३६ वटै पालिकाको स्थानीय तहको गत वर्षसम्मको कूल बेरुजू रकम २३ अर्ब ७९ करोड ६२ लाख ४८ हजार रहेकोमा समायोजन तथा सम्परीक्षणबाट २ अर्ब २३ करोड ८७ लाख ८९ हजार फर्स्योट भई २१ अर्ब ५५ करोड ७४ लाख ५९ हजार बाँकी थियो । आर्थिक वर्ष २०७९–८० को बेरुजू ५ अर्ब ७ करोड ९८ लाख ३८ हजार समेत गरी पुनः कूल बेरुजू रकम २६ अर्ब ६३ करोड ७२ लाख ९७ हजार पुगेको महालेखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया