☰ open
×

फालेलुङ गाउँपालिका द्वारा आयातित खदा, ब्याज र मालाको प्रयोगमा रोक

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाले सार्वजनिक कार्यकक्रमहरुमा खदा, ब्याज, माला जस्ता आयातित वस्तुहरुको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बुधवार बसेको कार्यपालिका बैठकले सार्वजनिक कार्यक्रमहरुमा प्रयोग हुने खदा, ब्याज, माला जस्ता आयातित वस्तुहरुको प्रयोगमा रोक गर्ने निर्णय गरेको हो । बैठकले आयातित सामग्र्रीहरुको साटो स्थानीयस्तरमा उत्पादन हुने प्राकृतिक फूल, सल्ला र अन्य पातबाट बनेका फूलगुच्छा लगायतका सामग्रीहरुको प्रयोग गर्ने निर्णय गरेको गाउँपालिकाका कार्यकारी डम्बर बहादुर आदेम्बेले बताए ।

सार्वजनिक कार्यक्रममा फजुल खर्चहरुलाई कटौती गर्दैै स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिने उक्त निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष महेन्द्र जवेगूले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया