☰ open
×

पाँचथरमा मिडिया सम्मेलन सम्पन्न

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।  नेपाल पत्रकार महासंघ पाँचथर, शाखाको आयोजनामा पाँचथर सदरमुकाम स्थित फिदिममा सम्पन्न भएका छन् ।

पूर्वी पहाडी जिल्लामा विभिन्न क्षेत्रबाट ख्यातिप्राप्त पत्रकार पुगेर छलफल गर्नुका साथै शाखाले विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको थियोनेपाल पत्रकार महासंघका पूर्व सभापति डा. सुरेश आचार्य पाँचथरमा स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान गरिएको छ ।

शाखाले आज आयोजना गरेको मिडिया सम्मेलन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्वसभापति डा. आचार्यलाई सम्मानपत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो । प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताका लागि विशिष्ट योगदान पुर्‍याउने पत्रकारहरुलाई पुरस्कृत गरिँदै आएको उक्त पुरस्कारको राशी रु. ३३ हजार ३ सय ३३ रुपैँया रहेको छ ।उक्त पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा अध्यक्षहरु हरिहर बिरही, किशोर नेपाल, धर्मेन्द्र झा, डा. महेन्द्र बिष्ट, शिव गाउँले लगायत पुरस्कृत भईसकेका छन् ।

सोही कार्यक्रममा फिदिम नगरपालिकाद्वारा स्थापित रु. २५ हजार राशीको फिदिम नगर पत्रकारिता पुरस्कारबाट पत्रकार खविन लुइटेल पुरस्कृत भएका छन् ।यस्तै शाखामा स्थापित भएको रु. १० हजार राशीको हरिचरण-भद्रमाया वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार दुर्गा खनाल र फिदिम स्पोर्टिङ क्लबले शाखामार्फत वितरण गर्ने रु. १० हजार राशीको प्रजापति-जलपादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार विनोदकुमार सुब्बा (सन्देश) पुरस्कृत भएका छन् ।

सोहि कार्यक्रम पत्रकारिता नामक जर्नल विमोचन गरिएको थियो । शाखाले प्रकाशन गरेको जर्नलमा पत्रकारिता सम्बन्धी विविध किसिमका लेखहरु समावेश गरिएको छ । जर्नल फाल्गुनन्द गाँउपालीकाले प्रकाशन गरेको हो । सोहि अवसरमा पुराना क्यामेराको संग्रालयको सुभारम्भ गरिएको छ । फोटो पत्रकार महासंघ पाँचथर ले क्यामेरा संकलन गरि शाखालाई हस्तान्तरण गरेको हो ।

सम्मान तथा पुरस्कार वितरणपछि विभिन्न प्यानलमा डिस्कसन भएको छ । पाँचथरसहित आसपासको जिल्लाका पत्रकारसमेत सहभागी कार्यक्रममा मोफसलको पत्रकारिताका विषयमा ताप्लेजुङका आनन्द गौतम, सप्तरीका ललिता शाह र दैलेखका विशाल सदाशङ्करले आफ्ना अनुभव तथा धारणा राख्नुभएको थियो । उक्त छलफललाई झापाका पत्रकार केशव भट्टराईले सहजिकरण गर्नुभएको थियो ।

यस्तै अबको पत्रकारिता शीर्षकमा पत्रकारद्वय दिलभुषण पाठक र कमलदेव भट्टराईले धारणा राख्नुभएको थियो भने उक्त छलफलको सहजिकरण इलामका पत्रकार सटेन्द्र जबेगूले गर्नुभएको थियो । मिडिया सम्मेलनमा पत्रकार अरुण बरालले ‘कि नोट स्पिकर’ का रुपमा पत्रकारिता क्षेत्रका समस्या राख्नुभएको थियो ।

पत्रकारिताका विषयमा गहन छलफलमा सहभागी हुन पाएको भन्दै जिल्लाका पत्रकारहरुले खुशी ब्यक्त गरेका छन् । सम्मेलनका विभिन्न जिल्लाका पत्रकार महासंघका शाखा अध्यक्ष, झापा, इलाम, पाँचथर, ताप्लेजुङका पत्रकारको सहभागिता थियो ।

Kenjokhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया