☰ open
×

मेची राजमार्ग हेवाखोला छेउमा सवारी दुर्घटना, एकको मृत्यु

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर । मेचीराजमार्ग अन्तर्गत हिलिहाङ ७ हेवाखोल नजिक शुक्रबार साझ सवारी दुघर्टना हुँदा एकको मुत्यु भएको छ ।

ताप्लेजुङबाट झापा तर्फ जाँदै गरेको त्रिशक्ति कन्ट्रसनको बा १७ च ७९९९ नम्बरको कालो रङ्गको फर्चुनर टोयोटा करीब सडकबाट ३० मिटर मुनी खसेर दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुई जना सवार ट्याक्सी दुर्घटना हुँदा चालक नेपालगन्जका ३५ वर्षिय श्याम बिकको घटनास्थलमै मृत्यु भएको छ । घाइते रहेका इलाम जिल्लाका ३१ वर्षिय लक्ष्मण मुखियालाई थप उपचारकाे लागी झापा रेफर गरीएकाे  प्रहरीले जनाएको छ ।

दुर्घटनाको विस्तृत बिवरण आउन बाँकि रहेको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया