☰ open
×

‘ऊनको स्वीटर’ जेठ २५ देखि पाँचथरको फालेलुङ लगायत अन्य ठाउँमा छायांकन हुने

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।

पाँचथरमा जेठ २५ गतेदेखि “ऊनको स्वीटर” फिल्मको छायांकन हुने भएको छ।
नवीन चौहानको निर्देशनमा बन्ने फिल्म ‘ऊनको स्वीटर’ पाँचथरको फालेलुङ चारराते, नवमीडाँडा सत्यरुपा, साधुटार र सिलौटीमा खिचिने तयारीमा रहेको लाइन प्रोडुसर फुङ्सो जबेगूले बताउनुभयो । जबेगूको अनुसार छायांकनको टिम जेठ १६ गते काठमाडौबाट पाँचथर आइपुग्ने र ठाउँहरु तयार गरि जेठ २५ गतेबाट छायांकनको सुरु गर्ने छ। पहिलो चरणमा फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडा त्यसपछि असारको पहिलो हप्ताबाट फालेलुङमा छायांकन हुने जबेगूले बताए।

फिल्ममा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय छ । फिल्मको उपत्यका वितरण अधिकार गोविन्द शाहीको काफिया फिल्मस् र मोफसल वितरणका लागि कुवेर सिने डिस्ट्रिब्युसनसँग सम्झौता भएको छ ।

यो फिल्मको शीर्ष गीत ‘फूल’ तीन महिनाअघि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो । थुप्रै चर्चित गीतहरु पस्किसकेको आर्टमान्डूले निर्माण गर्ने यो फिल्ममा विपिन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावतीलगायतको अभिनय रहनेछ ।

फिल्ममा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत र रहनेछ । यो फिल्मलाई छायांकार चिन्तनराज भण्डारीले खिच्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया