☰ open
×

फिदिममा सनिवार राष्ट्रिय मुक्ति क्रान्तिले वृहत् सम्वादात्मक कार्यक्रम गर्ने

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर फिदिम

ऐतिहासिक कालदेखी नै औपनिवेशिक एकल राष्ट्रिय राज्यद्वारा राज्यविहिन बनाएका याक्थुङ–लिम्बु लगाएत वहुलराष्ट्रहरु आत्मनिर्णय सहितको स्वशासन अर्थात स्वदेश निर्माण गर्नको निम्ति अभियानरत रहेको राष्ट्रिय मुक्ति क्रान्तिले फिदिमको उद्योग वाणिज्य संघको सभा हलमा सनिवार बृहत सम्वादात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

पञ्चायतमा कोशी अञ्चल भए झै त्यसैको निरन्तरतामा आएको एकल गोत्रिय/नश्लिय नाम तथा सिमित राज्यधारीहरुको लाभलाई केन्द्रित गरेर आएको सिमाङ्कनले यहाँको जनताको लामो समय देखी गर्दै आएको संघर्ष तथा वलिदानीलाई उपहास गरिरहेको अभियानको क्रममा फिदिम आइपुगेका अभियान्ता सन्तोष मेहताले बताउनुभयो ।

उहाँले ‘उपनिवेश विरुद्धको यस लडाइमा हजारौं मुक्तिगामी योद्धाहरूको राज्यप्रायोजित निर्मम हत्या जिकिर गर्नुभयो । मधेशले ब्लयाक आउट गरेको संविधानका ठेकेदारहरूले कोशी नामाङ्कन विरुद्ध संघर्ष गर्ने पदम लिम्बु लाजेहाङ्गको निर्मम हत्या गरेको उहाको भनाई छ । अब सबै एकजुट भएर लडनु पर्ने अर्का अभियान्ता सनम लिम्बुले बताउनुभयो । इलाममा भएको उप निर्वाचन पश्चात एकल नश्लिय बिचार बोकेकाहरु खुसीयाली मनाउदै उत्पीडित जनताको आलो घाउमा नुन छर्कने काम भएको लिम्बुको भनाई छ ।

स्वदेशी राष्ट्रका महान पू्र्खाहरूले हजारौं वर्षमा विकास गरेको संस्कृति र सभ्यतालाई समाप्त गरी आधुनिकताको नाममा पश्चिमा औपनिबेशिक ज्ञान लादेर पराइ मुखी बनाइ रहेको अर्का अभियन्ता कमला गुरुङ्ले बताउनुभयो । जसले गर्दा गोर्खाली राज्य यति कमजोर भएको छ कि एकातिर आफ्नै नागरिकलाई आधारभूत आवश्यकता जस्तै गाँस, बास, कपास, शिक्षा, स्वास्थ पुर्याउन सकिरहेको छैन भने अर्को तर्फ स्वदेशी राष्ट्रहरूको सामुदायिक अर्थतन्त्रलाई ध्वस्त पारिदै गएको गुरुङ्को भनाई छ ।

अभियान तहत २०८१ जेष्ठ १२ गते शनिबार पुर्व उप प्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो र बौद्धिक नेता बुद्ध छिरिङ मोक्तान, कमला गुरुङ, केशव झा, सुमन सयमी, अनिल महासेठ लगायतको नेता फिदिम बजारमा हुने बृहत सम्वादात्मक कार्यक्रममा उपस्थित हुदैहुनुहुन्छ । पहिचानवादी, बुद्धिजीवी, युवा, विद्यार्थी, पत्रकार लगायतको उपस्थिति उक्त सम्वादात्मक कार्यक्रममा उपस्तिथ हुने कुरा अभियान्ता सनम लिम्बूले बताउनु भयो ।

प्रेस विज्ञपति

फेसबुकबाट तपाईको प्रतिक्रिया