☰ open
×

नेपालकै ठुलो धातुबाट निर्मित बुद्धको मुर्ति पूर्वमन्त्री आङ्बोद्वारा उद्धाटन

फाल्गुनंद गाउँपालिकाको सूचना

मिक्लाजुङ, पाँचथर

धातुबाट निर्मित नेपालकै ठूलो गौतम बुद्धको मूर्ति बिहिवार बुद्ध जयन्ती तथा चण्डी पुर्णिामाको दिन उद्धाटन गरिएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ जरिबुटे डाँडामा निर्मित मुर्ति बिहिवार कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वर्तमान प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो (मौसम)ले उद्धाटन गर्नुभएको हो। २०७६ सालमा सम्झौता गरि सुरु गरिएको मुर्ति २०७९ साल १० महिना ३० गते निर्माण कार्य सम्पन्न भएको थियो। निर्माण कार्यसम्पन्न भएपनि उद्धाटन गर्न ढिलाइ भएको थियो। यो धातुबाट निर्मित नेपालकै अहिलेसम्मको ठुलो मुर्ति रहेको पूर्व मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य आङ्बोले बताए ।

मिक्लाजुङ गाउँपालिका र कोशी सरकारको ३ करोड रुपैंयाँ लगानीमा निर्माण भएको हो। गाउँपालिकाको गौरवको योजनाका रूपमा पार्कसहितको बुद्ध मूर्ति निर्माण भएको हो । कमलको फूलमाथि पलेटी कसेर बसेको बुद्धको मूर्ति बनिरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताए ।

उक्त मूर्ति जमिनसहित ५३ फिट उचाइको रहेको छ। निर्माणको काम काठमाडौको स्कर्लभर्चज प्रालिले जिम्मा लिएको थियो। उक्त मूर्ति १७ टन पित्तलको धातुबाट बनाइएको हो । मूर्तिको मात्र उचाई ३८ फिट अग्लो रहेको पूर्व गाउँपालिका उपाध्यक्ष उर्मिला राईले बताए ।

उचाई ठाउँमा रहेको जडिबुटे डाँडा आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न बुद्धपार्कको निर्माण गरिएको हो। सोही क्षेत्रबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि जिल्लाको उत्कृष्ट स्थान मानिएको जरिबुटे डाँडा वनस्पतिक तथा जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र मानिएको गाउँपालिका प्रशासकीय प्रमुख सुमन योङ्याले जानकारी दिए। उक्त ठाउँ समुन्द्री सतहबाट २ हजार २ सय ६२ मिटरको उचाइमा रहेको प्रशासकीय प्रमुख योङ्याले बताए ।

निर्माणाधीन बृद्धपार्कबाट ८ सय मिटरको दूरीमा धार्मिक पर्यटकीयस्थल बेहुली ढुंगा रहेको छ । त्यहाँ १६औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक निर्माणाधीन अवस्था रहेको छ। वरिपरिका मनमोहक डाँडाकाँडा साथै हिमालदेखि तराईका फाँटसम्म देख्न सकिने यो क्षेत्रलाई जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष माखिमले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया