☰ open
×

फालेलुङमा वृहत् साहित्यिक तथा साँस्कृतिक महोत्सव हुने

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर

पाँचथरको फालेलुङ गाउँपालिकामा दोस्रो “वृहत् साहित्यिक तथा साँस्कृतिक महोत्सव” हुने भएको छ।

मंगलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथर फिदिमको सभाहलमा पत्रकार सम्मेलन गर्दै महोत्सवको बारेमा जानकारी दिएका छन् । फालेलुङ गाउँपालिकाको आर्थिक सहयोग र फालेलुङ वाङमय प्रतिष्ठानको आयोजनामा जेठ १८ र १९ गते महोत्सव हुन लागेको हो।

नेपालमा ७ सय ५३ स्थानीय तहमध्य गाउँपालिकामा पहिलो फालेलुङ गाउँपालिकामा वाङमय प्रतिष्ठान गठन भएको प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र शिशिर केरुङले जानकारी दिनुभयो।

प्रतिष्ठानले गतवर्ष देखि फालेलुङ गाउँपालिका भित्र रहेको भाषा, कला, साहित्य र संगीतको संरक्षण गर्दै आएका छन् । यसवर्ष पनि पुरानो साहित्यकार, गीतकार, शिक्षक, पत्रकार, राजनैतिक र सामाजिक ब्याक्तित्वलाई सम्मान गर्ने अध्यक्ष केरुङले बताउनुभयो ।

महोत्सवको समुदघाटनका दिन फालेलुङ गाउँपालिका भित्रका सामाजिक, राजनैतिक, शैक्षिक, साहित्यिक, कलाकार, खेलकुद र पत्रकारहरु र भर्खरै मात्र विश्वको सर्वोच्च सगरमाथा सफल आरोहण गर्ने फालेलुङ ३ का उदय केरुङलाई पनि सम्मान गर्ने र कविता वाचन कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ ।

जेठ १९ गते पालिका भित्र रहेका विभिन्न जातीहरुको सांस्कृतिक झाँक्री प्रस्तुती, मायाँको चिनो वितरण र ख्याति प्राप्त गायीका ज्योति मगरको सांगीतिक प्रस्तुती रहने आयोजकले जानकारि दिएको छ।

गाउँपालिकाले प्रतिष्ठानको लागि १० लाख रकम विनियोजन गरेका छन्् । विनियोजित रकम महोत्सवबाट खर्च नभएको रकमलाई प्रतिष्ठानको कार्यलयमा सांगीतिक बाध्यबाजा खरिद गर्ने अध्यक्ष केरुङले बताउनुभयो। त्यसमा पालिकाको रकम कलाकार ज्योति मगर ल्याउदा खर्च नगरने भएको छ। आयोजक र प्रायोजकबाट रकम संकलन गरि कलाकार मगरलाई खर्च गर्ने जानकारी दिए।

महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्नका लागि विभिन्न उप–समिती गठन गरिएको प्रतिष्ठानका अध्यक्ष केरुङले जानकारि दिनुभयो । महोत्सव फालेलुङ ३ प्रेमवादी सामुदायिक भवनमा हुनेभएको छ।

प्रेस विज्ञप्ति

फेसबुकबाट तपाईको प्रतिक्रिया