☰ open
×

अखिल क्रान्तिकारी र वाइसीएलको संयुक्त आयोजनामा वृहत् प्रशिक्षण कार्यक्रम हुने

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।

अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल जिल्ला समन्वय समिति पाँचथरले संयुक्तमा जेठ ११ गते वृहत् प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।

जेठ ११ गते शुक्रबार एकदिने विद्यार्थी र युवाहरुको क्षमता अभिवृद्धि र सीपआर्जनको लागि तालिम सञ्चालन गर्न लागिएको अनेरास्ववियू जिल्ला अध्यक्ष सन्दिप तुम्रोकले जानकारी दिनुभएको ।
जिल्लामा सुस्त भएको नेकपा माओवादी केन्द्रका सहायक संगठनलाई चलायमान राख्न अन्तरक्रिया समेत हुँने भएको हो। जिल्लाका पालिका र क्याम्पससम्म प्रशिक्षण गर्ने तयारीमा रहेको अध्यक्ष तुम्रोकले जानकारी दिनुभएको ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्र सदस्य, पोलिट व्यूरो सदस्य, प्रदेशका पूर्व अर्थमन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बो(मौसम), माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) , पार्टीका केन्द्रिय सदस्य सीता थेबे, वाइसीएल प्रदेश इन्चार्ज कर्म पुलामी, वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्य, अखिल क्रान्तिकारी प्रदेश इन्चार्ज खगेन्द्र सुवेदी, प्रदेश अध्यक्ष हेमन्त राई र माओवादी केन्द्र र विभिन्न सहायक संगठनको केन्द्रिय र प्रदेश सदस्यहरुको उपस्तिथिमा जिविसको सभाहलमा कार्यक्रम हुँने आयोजकले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया