☰ open
×

वाइसीएल नेपालले पर्यटन प्रवर्द्धन गर्न सनिबार सुकेपोखरीमा वनभोजको आयोजना

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर।
वाइसीएल नेपाल पाँचथरले सनिवार वनभोजको आयोजना गर्दै छिमेकी जिल्ला इलाम र पाँचथरको सिमाना देउराली, सुकेपोखरी र लोहकिल लगेको छन्। त्यस ठाउँलाई पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले त्यस ठाउँमा वनभोजको आयोजना गरिएको वाइसीएल नेपाल जिल्ला संयोजक गणेश तुम्रोकले बताए।

मेची राजमार्ग अवस्थित पौवा भञ्ज्याङदेखि ५ किलोमिटर कच्ची सडकमा यात्रा गरेपछि त्यस ठाउँमा पुगिन्छ । समुन्द्री सतहबाट ८ हजार २ सय फिटको उचाइमा रहेको त्यस ठाउँ पछिल्लो समयमा पर्यटकको गन्तव्य स्थल बन्दै आएको छ।

(नेकपा ) माओवादी केन्द्रको सहायक संगठन वाइसीएलले पछिल्लो समयमा फुटबल खेल र पर्यटनलाई महत्त्व जोड दिइएको छ। खेलकुदको विकास गर्न वाइसीएल पाँचथरले विभिन्न खेलकुद प्रतियोगितामा खेलाडी उत्पादन गर्दै सहभागी बनाएका छन्।

पछिल्लो समयमा स्थानीय पर्यटकीय क्षेत्रहरूलाई प्रमोड गर्न वाइसीएल पाँचथर लागि परेको हो। युवाहरूलाई देशमा रोजगारी बनाउन पर्यटन प्रवर्द्धन गरेर युवाहरूलाई रोजगारी मुलक बनाउन सरकारले त्यति चासो नगरेपछि वाइसीएल आफै ती क्षेत्रहरूलाई प्रवर्द्धन गर्न लागेका वाइसीएल जिल्ला इन्चार्ज अशोक राई बताउछन् ।

त्यस क्षेत्रलाई पर्यटन मार्ग बनाएर आन्तरिक र बाह्य पर्यटन लाखौं भित्र्याउने फिदिम नगरपालिका उपमेयर राधाकृष्ण न्यौपानेले बताउनुभयो। त्यस क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डालाई संरक्षण गर्ने त्यहाँ उत्पादन हुने नगदेबाली आलु, मक्कैलाई व्यवस्थित बनाउने, कृषकलाई प्रोत्साहन दिने बताउनुभयो । सुकेपोखरीलाई अझै संरक्षण गरेर हिउँद बर्ख पानी भरिभराउ गर्ने नगरपालिकाबाट जोडदिने उपमेयर न्यौपानेले बताउनुभयो ।

लोहकिलबाट सूर्योदय हेर्न सकिने छ। इलामको श्रीअंतु भन्दा राम्रो देखिने स्थानिय आशिष तामाङले बताउनुभयो । त्यस क्षेत्र पर्यटन प्रचार नभएपछि त्यस क्षेत्र ओझेलमा परेको स्थानीय तामाङको भनाई छ। उपमेयर न्यौपानेले भने “हामी स्थानीय सरकार मात्र होइन तिनतिहाईको सरकार लागेर यश क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाएर सयौं युवाहरूलाई रोजगारी दिन्छौं” ।

बनभोज कार्यक्रमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्बाङले पनि त्यस क्षेत्रलाई पदमार्गको निर्माण गरि पौवा भञ्ज्याङ्देखि फालेलुङको चाररते, शिखरघुम, तिनसिमाना, सुकेधाप र जोरपोखरी आगेजुङ गुम्बासम्म पदमार्ग निर्माणको पहल गर्ने बताउनुभयो। वाइसीएलले गरेको बनभोजको आयोजनाले पर्यटन प्रवर्द्धन गर्न ठुलो भुमिका खेलेको नेम्बाङले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया