☰ open
×

आन्तरिक पर्यटनको घुइँचो सुकेपोखरी

फाल्गुनंद गाउँपालिकाको सूचना

सुबाश राई पाँचथर।
पछिल्लो समय पाँचथरको फिदिम नगरपालिका-१४ सुकेपोखरी आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ। मेचीराजमार्ग पौवा भञ्ज्याङ्बाट पैदलमार्ग र सवारी साधनबाट पनि त्यसठाउँमा सजिलै पुग्न सकिनेछ। समुन्द्री सतहबाट ८ हजार २ सय फिटको उचाइमा रहेको त्यस ठाउँ छिमेकी जिल्ला इलामसँग सिमाना जोडिएको छ।

इलामसँग सिमाना जोडिएको लोहकिल, देउराली, कोहेभिर, नागढुङ्गा र छिन्तापुमा पर्यटकको घुइँचो देखिन थालेको छ । हिउँदको महिनामा मौसम खुलिएपछि लोहकिलबाट बिहानको सूर्योदय दृश्य हेर्न सकिने स्थानीय अनिस तामाङले बताउँनुभयो । बिहानको ५ बजे लोहकिलडाँडामा गएर सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न सकिने तामाङले बताउँनुभयो ।

घुम्न जानको लागि फाल्गुन,चैत र बैशाखमा राम्रो समयहुँने नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले जानकारी दिनुभयो। त्यस समयमा लालिगुरास फुलेको मनमोह दृश्य अवलोकन गर्न सकिने छ। माघ र फाल्गुनमा त्यसठाउँमा हिउँ छपक्कै परेको हुन्छ। सदरमुकामदेखि हिउँ खेल्नको लागि पर्यटक घुइँचो लाग्ने स्थानियले जानकारी दिए। पाँचथर र इलामको सदरमुकामदेखि नजिकको पर्यटक गन्तव्य क्षेत्र पनि रहेको बताए।

बेलुका सुकेपोखरीमा बासबसेर बिहान सबेरै सूर्योदय हेर्नको लागि लोहकिलडाँडा जान सकिने छ। सुकेपोखरिमा आन्तरिक र बाह्य पर्यटकको लागि बस्नको लागि राम्रो होमष्टेहरु सञ्चालनमा रहेको छ। सुकेपोखरीमा अर्गानिक परिकारहरले स्थानियहरुले पर्यटकहरुलाई स्वागत गर्न गरेका छ। स्थानीयहरुले लोकल कुखुराको तिते, झ्याउका बिभिन्न परिकार लगायत स्थानीय परिकारहरुको स्वाद पर्यटकहरुलाई चखाउने गर्छन् । लोहकिलडाँडाबाट विश्वको सर्बोच्च हिमाल सगरमाथा, कञ्चनजंगा, कुम्भकर्ण, मकालुसमेतको दृश्य अवलोकन गर्न सकिनेछ।

पछिल्लो समयमा प्रचार प्रसार भएपछि आन्तरिक र बाह्य पर्यटनको घुइँचो लागेको स्थानीयले बताए। पदमार्ग, सुकेपोखरीको पोखरी, खानेपानी र बिजुलीबत्ती स्थानीय सरकारले चाडै व्यवस्थित बनाइदिने फिदिम नगरपालिका उपमेर राधाकृष्ण न्यौपानेले बताउनुभयो । त्यसठाउँमा पाइने लोपोन्मुख जंगली जनावर रेडपाण्डालाई वनजंगल फडानीबाट रोकेर रेडपाण्डालाई संरक्षण गर्ने न्यौपानेले बताउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया