☰ open
×

पाहुना घरले आन्तरिक र बाह्य पर्यटक तान्दै

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका -२ बत्तासेमा आन्तरिक र बाह्य पर्यटनलाई प्रवर्द्धन गर्न पाहुना घर मणि कुमार राईले सञ्चालनमा ल्याएको छ।

गाउँमा भित्रिने पर्यटक र पाहुनालाई खान बस्नको सुबिधाका लागि राईले व्यक्तिगत लगानीमा पाहुना घर सञ्चालन गर्न थालेको छ। १२ लाख खर्च गरेर निर्माण गरिएको पाहुना घरमा आफ्नै छोरी त्रिशना राईले होमष्टे सञ्चालन गर्दै आएको छ। बाबुआमा र भाईको सहयोगमा सञ्चालन गर्दै आएको त्रिशना राईले बताइन् ।

त्यहाँ बसेर गाउँ घरमा उत्पादन भएको मौलिक परिकार खान पाउँदा गाउँघरको याद आएको सञ्चारकर्मी भिम चेम्जोङले बताए । चेम्जोङ घुर्बिसे पञ्चमी घर भइ फिदिममा बस्दै आएका छन्। चेम्जोङले त्यहाँका स्थानिय परिकार कोदोको रोटी, मकैको चामलको भात, टिमुरको अचार, लोकल कोदोको तोङ्बा, लोकल कुखुराको मासु जस्ता मौलिक परिकारको खाना पाउँदा घरमा आफ्नै आमाले पकाएको जस्तो स्वाद पाएको चेम्जोङले बताए ।

त्यहाँबाट सदरमुकाम फिदिम बजार, छिमेकी जिल्ला तेह्रथुम , ताप्लेजुङ र धनकुटा र सगरमाथा, मकालु, कुम्भकर्ण र कंचनजंगा जस्ता सुन्दर हिमश्रीङखाको पनि अवलोकन गर्न सकिने छन्। फाल्गुन, चैत र बैशाखमा ढकमक लालिगुराँस फुलेको हुन्छ। शुक्रबार , सनिवार र सार्बजनिक विदाको दिन भ्याइनभ्याई भएको सञ्चालक त्रिसना राईले बताए । बेलुका बाँस बस्दै परिवारसँग पर्यटक आउँने रमाउने गर्छन् ।

सदरमुकामदेखि नजिक रहेको पाहुना घरमा सरकारी कार्यलयका कर्मचारीहरु धेरै देखिन्छन्। अफिसको तनाव र बोर्डिङले नजिकैको होमष्टेमा गएर मोड्फ्रेस गर्न पाउँदा निकै खुसी भएको बताउँछन् । सदरमुकाम देखि ४ किलोमीटर मेचिराजमर्ग सवारीसाधनमा यात्रा गरेपछी ५ सय मिटर कच्ची सडक यात्रा गर्न पर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया