☰ open
×

फिदिम नगरपालिकाको आर्थिक सहयोगमा रैथाने बाली प्रवर्द्धनको तालीम

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।
फिदिम नगरपालिकाको आर्थिक सहयोग र जनहित केन्द्र फिदिमको आयोजनामा दुईदिने रैथाने बाली प्रवर्द्धन तालीम सञ्चालन गरिएको छ।

जेठ १ गतेदेखि २ गतेसम्म फिदिम नगरपालिका -२ ठाडेमा त्यहाँका स्थानीयहरुलाई तालीम दिइएको हो। विषेश गरि पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले स्थानीय उत्पादनमा नगरपालिकाले जोडदिन थालेको आयोजक संस्थाका अध्यक्ष बिजयबोध लावतीले बताउनुभयो ।

तालीमले स्थानीयहरुमा ठुलो सहयोग पुग्ने वडा सदस्य नवीन ओझाले बताउनुभयो । ओझाका अनुसार रैथाने बालीमा पौष्टिक तप्त प्रचूर मात्रामा छँदैछ, यसबाट मध्य तथा उच्च पहाडी क्षेत्रमा खाद्य तथा पोषण सुरक्षामा समेत सहयोग पुग्ने बताए ।

फिदिम नगरपालिकाका कृषि शाखा अधिकृत याम संरौलाले सहजीकरण गर्दैहुनुहुन्छ। संरौलाका अनुसार स्थानीय खाद्यबाली अन्तर्गतका कोदो, फापर, आलु, सुन्तलालगायत बालीको उत्पादन र उपभोगमा जोड गराइने बताउनुभयो ।

ठाडेका ३६ जना तालीममा सहभागी भएका थिए। सदरमुकाम देखि नजिक र पछिल्लो समयमा पर्यटक प्रवर्द्धन गर्न ठाउँ-ठाउँमा होमस्टे संचालनमा भएपछि अर्गानिक खानेकुरा उत्पादनको लागि रैथाने परिकारको आवश्यकता हुने भएकोले नगरपालिकाले नै जोड गर्न थालेको नगरका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताउनुभयो ।

संस्था अध्यक्ष बिजयबोध आवतीले संचालनमा रहेको होमस्टेलाई अर्गानिक खानेकुरा पकाउने उपकरण पनि वितरण गर्ने जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया