☰ open
×

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

फाल्गुनंद गाउँपालिकाको सूचना

काठमाडौं । अखिल नेपाल लेखक संघको अध्यक्षमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ) निर्विरोध निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो राष्ट्रिय सम्मेलनबाट कवि स्वप्निलको अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको उपाध्यक्षमा रामहरि श्रेष्ठ, नारायण मरासिनी र पञ्चकुमारी परियार निर्वाचित भएका छन् भने महासचिवमा जीत अधिकारी, उपमहासचिवमा सुधा मैनाली र कोषाध्यक्षमा तिलक चाम्लिङ निर्वाचित भएका छन् । ५७ जना सम्मेलनबाट निर्वाचित भएका छन् भने बाँकी सदस्य संघको आगामी बैठकबाट मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष स्वप्निलले जानकारी दिए ।

सम्मेलन उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पश्चिमा साम्राज्यवाद गम्भीर संकटमा रहेको बताए । त्यसैको परिणामस्वरुप पछिल्लो समय विभिन्न देशमा युद्ध चर्किन थालेको उनले जिकिर गरे । माओवादी निकट सिर्जनाकर्मीहरुको छाता संगठनको रुपमा रहेको अखिल नेपाल जनसांस्कृतिक महासंघको महाधिवेशन १७ र १८ जेठमा हुने र सो अधिवेशनका लागि महासंघमा आवद्ध विभिन्न संगठनहरुको राष्ट्रिय सम्मेलन भइरहेको अध्यक्ष स्मृतिले बताए ।.
Onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया