☰ open
×

आठराई संक्रान्तिमा जेठ १३ देखि “मदनमेला” सुरु

फाल्गुनंद गाउँपालिकाको सूचना

आठराई, तेह्रथुम ।
पूर्वकै ऐतिहासिक “आठराई मदनमेला” आठराई संक्रान्ति बजारमा जेठ १३ गतेदेखि १९ गतेसम्म लाग्ने भएको छ। खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता साथै विभिन्न सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने भएको छ।

बैशाख २६ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा एक पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। विस २०१५ सालदेखि संक्रान्ति बजारमा लाग्दै आएको मेलालाई स्थानीयहरुले विविधताको महोत्सवकोरुपमा मनाउँदै आएको छन् । आठराई गाउँपालिकाको आर्थिक सहयोग र मदन मेला मुल समारोह समितिको आयोजनमा हुने मदन धाराका सदस्य तथा मदन मेला मुल समारोह समिति अध्यक्ष वलिराज इङ्नामले जानकारी दिनुभएको । सधै, बैशाखमा लाग्ने मेला यसपटक जेठमा लाग्ने भएको हो।

मेलामा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता समेत आयोजना भएको जानकारी दिए। पुरुष फुटबल प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो पुरस्कार १ लाख ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ। महिला तर्फको प्रथम पुरस्कार नगद ८० हजार ट्रफी मेडल र प्रमाणपत्र छन् भने, दोस्रो पुरस्कार नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र रहेको छ। फुटबल प्रतियोगिता त्रिमोहन मावीको खेलमैदानमा हुने आठराईका सञ्चारकर्मी भुवनकिशोर इङ्नामले जानकारी दिए।

संक्रान्तिबजारमा विस २०१५ सालदेखि अक्षतृतीयाको अवसरमा लाग्दै आएको मदन मेला सशस्त्र हिंसाका बेला सञ्चलान हुन छाडेको थियो। संक्रान्तिबजारमा तत्कालिन रानी जगदम्बाले स्व. पति मदन शम्शेरको स्मृतिमा मदन ट्रष्ट खडा गरी मदन धारा, जगदम्बा दातब्य औषधालय, अतिथि भवन र रानी चौतारा निर्माणसँगै मदन मेला संचालन भएको बताइएको छ।

मदन ट्रष्टका संरक्षक दिक्षितको पहलमा पुनः नयाँ वर्षको अवसर पारेर २०६८ सालदेखि मेलालाई निरन्तरता दिइएको थियो। संक्रान्तिबजारमै रहेको अतिथि भवन माओवादीले सशस्त्र हिंसाका बेला ध्वस्त पारेका थिए। द्धन्द्ध कालदेखिनै बन्द भएको औषधालय अहिलेसम्म संचलानमा आउन सकेको छैन्। मदन मेला पुनस्थापित भएर मदन ट्रष्टको सहयोगमा स्थानीयको अगुवाईमा मेला संचलान हुदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया