☰ open
×

कोशी प्रकरणमा सर्वोच्चले दिएन अन्तरिम आदेश, जेठ ९ गते पुर्ण सुनुवाइ

फाल्गुनंद गाउँपालिकाको सूचना

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको इज्लासले जेठ ९ गते सुनुवाइको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ ।

इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो । मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिट दर्ता भएलगत्तै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएर सपथग्रहण गरि कार्यभार सम्हालिसकेका छन् । अन्तरिम आदेश जारी नभएपछि हालका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कामकाजमा अवरोध नहुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया