☰ open
×

काभ्रेमा रुखमा तारले बाँधेर जलाएको अवस्थामा मृत भेटिए युवक

फाल्गुनंद गाउँपालिकाको सूचना

काठमाडौं । काभ्रेमा रूखमा बाँधेर जलाएको अवस्थामा एक युवक मृत भेटिएका छन् ।

पाँचखाल नगरपालिका-४ मा अवस्थित फेदी र जिरोकिलो सडकबाट अन्दाजी ५० मिटर जति तल बिराजे खोल्चामा युवक मृत अवस्थामा भेटिएका हुन् ।

युवकको मुख र छातीमा फलामको तारले रूखमा बाँधेर आगो लगाएको अवस्थामा शुक्रबार बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

करिब २५ वर्षीय मृतक युवकको पहिचान भने खुल्न सकेको छैन।

युवकको २०/२५ दिनअघि नै हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

अहिले कुकुरसहितको टोली गएर अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया