☰ open
×

इलाममा पिकअप दुर्घटनाबाट एक जानाको मृत्यु

फाल्गुनंद गाउँपालिकाको सूचना

इलाम– इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका-५, बरबोटका २३ वर्षे तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजाँदैगर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।

बिब्ल्याँटेबाट जमुनातर्फ जाँदैगरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका–४ का २० वर्षे चालक अभिशेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया