☰ open
×

चट्याङ लागेर झापा अर्जुनधाराका एक पुरुषको मृत्यु

फाल्गुनंद गाउँपालिकाको सूचना

झापा । मंगलबार दिउँसो परेको चट्याङ लागेर झापाको अर्जुनधारामा एक पुरुषको मृत्यु भएको छ ।

अर्जुनधारा २ चौरासेका ५४ बर्षिय मोहनप्रसाद दुलालको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मंगलबार करिब ४: ५० बजे मकैबालीमा मल लगाउँदै गरेको अवस्थामा अचानक परेको चट्याङ लागेर दुलाल गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते उनको बिर्तामोडमा रहेको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया