☰ open
×

घर लुटपाट गर्न गएका चोरले सुन निलेको अवस्थामा भेटियो

फाल्गुनंद गाउँपालिकाको सूचना

पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका २ पल्लोटारमा घर लुटपाट गर्न गएका चाेरले सुन निलेका छन् ।

फिदिम २ स्थित विस्णुकुमारी तामाङको घरमा लुटपाट गर्न गएका सुरेन भनिने २८ बर्षिय सुरेन्द्र कुमार योङयाले १ तोला सुन निलेका हुन् ।

दिउँसाे ३ बजे दराज खोलेर लुटपाट गर्दै गर्दा घरधनीले देखेर प्रहरीलाइ खबर गरेका थिए । प्रहरी तत्कालै घटना स्थल पुगेर चोरलाइ पक्राउ गरेको थियो । पक्राउ परेका सुरेन्द्रको साथबाट नगद १५ हजार रुपैया फेलापरेपनि १ तोला सुनको टिल भने भेटिएन् । घरधनीलेनै चोरले सुन निलेको बताएपछी सुरेन्द्रलाइ जिल्ला प्रहरी कार्यालय पाँचथरले एक्स्रे गराएर हेर्दा सुन उनको पेटमै देखियो ।

सुन पेटमै देखिएपछी उनलाइ निगारानीमा राखियो र ३० घण्टा पछी दिशा मार्फत सुन बाहिर निकालियो । उक्त सुनलाइ परिक्षणको लागि सुनचाँदी ब्यावसायीलाइ पठाएर सुनको मुल्याङकन गराइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवश कुवँरले जानकारी दिए ।

गत चैत्र २८ गते भएको घटनामा संलग्न सुरेन्द्र कुमार योङ्यालाइ जिल्ला अदालतले १ लाख ५० हजार रुपैया धरौटी माग गरेको थियो । बैसाख २३ को जिल्ला अदालतको आदेस अनुसार धरौटीको रकम तिर्न नसकेपछी उनी कारागार चलान भएका छन् ।

नयाँकुरोबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया