☰ open
×

फालेलुङ प्रेमवादी भवनमा सात दिवसीय नि:शुल्क आमस शिविर सम्पन्न

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ,न्युज।
पाँचथरको फालेलुङ गाउँपालिका -३ नाम्लुवा भञ्ज्याङ प्रेमवादी भवनमा सात दिवाशिय नि:शुल्क आ.म.स. शिविर सम्पन्न भएको छ।

बैशाख १५ गतेदेखि २२ गतेसम्म शिविरको सञ्चालन गरिएको थियो । शिविरमा गाउँपालिका भित्रका ६ सयभन्दा बढीले उपचार लिएको हेभेन्ली निर्भाणा पाथ फालेलुङ इकाइका सचीव बिकाश थाम्सुहाङले जानकारी दिए।

शिविरमा प्यारालाइसेस, ग्यास्टिक, माइग्रेन, उच्च रक्तचाप, युरिकएसिड, खाना नरुच्ने, पिनास, ढाडको समस्या, नसा सम्बन्धि र मानसिक रोग लगायतको उपचार मास्टर गड एन्जल गुरुद्वारा गरिएको थियो ।

हेभेन्ली निर्भाणा पाथ फालेलुङ गाउँ इकाइ समितिको आयोजनमा ७ दिन नि:शुल्क आमस शिविर भएको हो। प्रेमवादीको आफ्नै भवन निर्माण गरि शिविर सञ्चालन गरेको हो। उक्त भवन बैशाख २२ गते तत्कालीन कोशी प्रदेशको भौतिक पूर्वाधार तथा विकाश मन्त्री कमल प्रसाद जबेगूद्वारा भवन उद्धाटन गरिएको फालेलुङ गाउँ इकाइका प्रवक्ता प्रविण राईले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया