☰ open
×

प्रदेश प्रमुख खापुङद्वारा महागुरु फाल्गुनन्द लिङ्देनको शालिक अनावरण हुने

फाल्गुनंद गाउँपालिकाको सूचना

फालेलुङ, पाँचथर ।
१६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको शालिक अनावरण हुने भएको छ।

फालेलुङ गाउपालिका -७ पापुन्देनमा निर्माण भएको लिङ्देनको शालिक बैशाख २४ गते प्रदेश प्रमुख परशुराम खापुङ र लिम्बूहरुको ऐतिहासिक ब्याक्तित्व बृजहाङपती जबेगूको संयुक्त हस्तबाहुलीबाट अनावरण हुने सुजन आङ्बोले जानकारी दिए।

आङबोहरुको उत्पति स्थल पापुन्देनमा १६ औ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङ्देनको शालिक निर्माण गरिएको हो। आङबोहरुको मुन्धुमीक एतिहासिक स्थल आङबो माङ्घेन्ना लुङधुङ यक फालेलुङ-७ पापुन्देन स्थित आङ्पजमा यकमा आङबो माङ्घेना लुङ्धुङको दाहिने पट्टिको स्थानमा किरात धार्मिक गुरु तथा १६ औ रास्ट्रीय विभुति महागुरू फाल्गुनन्द लिङदेनको ६ फुटको शालीक १२ लाख बराबरको लगानिमा निर्माण गरिएको मुख्य पहलकर्ता तेज बहादुर आङबोले बताए ।

२३ गते गुरुहरुबाट चराचरजगत कल्याणको लागि पुजा र होमदी हुने भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया