☰ open
×

यासोकमा १५ शैयाको अस्पतालको काम ८० प्रतिशत सकियो

फाल्गुनंद गाउँपालिकाको सूचना

यासोक, पाँचथर ।
पाँचथर कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा निर्माणाधीन १५ शैया अस्पतालको निर्माण कार्य ८० प्रतिशात सकिएको छ् ।

३ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको अस्पताल यसवर्षको आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नु पर्ने छ। नागरजुङ कन्ट्रक्सन काठमाडौले जिम्मा लिएको अस्पताल ३ वर्ष अवधीमा निर्माणकार्य सक्नुपर्ने गाउँपालिका अध्यक्ष बम बहादुर आओतीले बताए । निर्माणका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट १८ करोड बजेट विनियोजन गरेको थियो । असार सम्ममा निर्माणकार्य नसकिएमा काम जिम्मा लिने कम्पनीलाई कारबाही हुने अध्यक्ष आओतीले बताए।

अस्पताल सञ्चालनमा आएपछि फाल्गुनन्द गाउँपालिका, कुम्मायक गाउँपालिका र तुम्मेवा गाउँपालिकाले स्वास्थ्य सेवा लिन सहज बनेको स्थानिय जकेन्द्र आओतीले बताए । विषेशगरि अस्पतालले बसाइँसराइ रोकथाम गर्नपनि ठुलो सहयोग पुग्ने बताए । २४औंं घन्टा ल्याप भिडियो एक्सरे र स्वास्थ्य बिमाको सेवा भए स्थानियहरुले ठूलो लाभ लिने स्थानियहरुको दावी छन् ।

गाउँपालका अध्यक्ष बमबहादुर आओतीको अनुसार ८० प्रतिशत काम सकिएको अब २० प्रतिशत काम रहेको छ। बाकी काम तीब्ररुममा भैरहेको छ। असारमा पक्कैपनि अस्पतालको भवन उद्धघाटन हुनेछ र स्थानियले चाडै स्वास्थ्य लाभ लिने बताए । स्वास्थ्य सेवाको लागि एम,डि,ए, डाक्टर उपेन्द्र पोख्रेल आइसकेका छन् । इलाका स्वास्थ्य कार्यलय यासोकबाट सेवा गराइरहेको अध्यक्षले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया