☰ open
×

इलाम-२ मा एमालेका सुहाङ नेम्बाङ भारी मतान्तरमा विजयी

फाल्गुनंद गाउँपालिकाको सूचना

इलाम : प्रतिनिधिसभा सदस्यका लागि इलाम-२ मा शनिबार भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेद्वार सुहाङ नेम्बाङ भारी मतान्तरमा विजयी भएका छन् ।

सोमबार विहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्का भन्दा पाँच हजार आठ सय ३० मतान्तरमा विजयी भएका हुन् ।

नेम्बाङले २७ हजार सात सय ७२ मत प्राप्त गरे । खड्काले २१ हजार नौ सय ४२ मत मात्र पाए ।

पहिचानवादी स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत ल्याएका छन ।

उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेद्वार प्रतिश्पर्धामा थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया