![](https://phalelungnews.com/wp-content/uploads/2024/04/accident_20220221115319_Kt5t7wRE7D_ceNRJx3b5U.jpg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/07/तह-वृद्धि-सम्बन्धि-सूचना.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/84e2443e-5689-4332-aa5d-d059e5811166.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/06/सूचना.png)
![फाल्गुनंद गाउँपालिकाको सूचना](https://phalelungnews.com/wp-content/uploads/2024/04/phalgunda-suchana-scaled.jpg)
झापा : झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । मृतक तीनै जना युवा हुन्। उनीहरूको पहिचान खुलेको छैन।
उनीहरू त्यहीका स्थानीय हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरूको पहिचानका लागि परिवारजन हस्पिटलतर्फ गइरहेको जनाइएको छ । यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा नियन्त्रणमा लिएको छ ।
![](https://phalelungnews.com/wp-content/uploads/2024/05/बोलपत्र.jpeg)
![](https://phalelungnews.com/wp-content/uploads/2024/07/सूचना-सम्बन्धमा.jpeg)
फेसबुकबाट तपाईको प्रतिक्रिया